नियम २३
भिसाको हैसियत बदल्न सकिने
कुनै किसिमको भिसा लिएर आएको विदेशीले जुन कामको लागि त्यस्तो भिसा प्राप्त गरेको थियो सो काम समाप्त भएपछि त्यस्तो विदेशीले अर्को किसिमको भिसाको लागि निवेदन गरेमा नियम १२ बमोजिमको अधिकारीले ऐन र यस नियमावलीमा लेखिएको कुराहरूको अधिनमा रही त्यस्तो विदेशीलाई अर्को किसिमको भिसा दिन सक्नेछ ।